इटहरी । स्वास्थ्य अवस्थामा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररथ छन्।
उनको स्वास्थ्य परिक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. रत्न मणि गजुरेलले जानकारी दिए।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारार्थ भर्ना हुनुभएको छ,’ सेन्टरले विज्ञप्ति जारी गरेर भनेको छ, ‘हाल सम्माननीयज्यूको स्वास्थ्य परिक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउदछौं।’
स्वास्थ्यमा समस्या आएपछि सरकार र जेनजी प्रतिनिधिबीच शनिबार बिहान शितल निवासमा चलेको छलफल रोकिएको थियो। उक्त छलफल सोमबार हुनेछ।


























Discussion about this post