इटहरी डेस्क । काठमाडौंको सोल्टीमोडमा सडक भासिएको छ । निरन्तरको वर्षाले स्युचाटार खोला छेउको सडक भासिएको हो ।शनिबार बिहान खोला छेउको सडक भासिएर खोला घर नजिकै पुगेको छ । काठमाडौं महानगरपालिकाले दिएको जानकारीअनुसार खोलाले घरनजिक करिब पाँच फिट मात्र दूरी बाँकी राखेको छ।
महानगरपालिकाले सूचना जारी गरी नजिकका घरहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।महानगरपालिकाका अनुसार अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा नदी कटान त्यहाँ बोरा र ग्राभेल प्रयोग गरेर रोकथाम गर्ने प्रयास भइरहेको छ।




























Discussion about this post