इटहरी । आज बडादसैँ अन्तर्गत एकादशी । आज पनि दसैँके टीका जमरा लगाउने क्रम जारी छ ।कतिपय समूदायमा दसैँको टीका एक दिन मात्रै लगाउने चलन भएपनि कतिपय समूदायमा पाँच दिनसम्म टीका जमरा लगाउने प्रचलन छ । एक दिनमात्रै टीका ग्रहण गर्नहरूले समेत सो दिन नभ्याएको खण्डमा पूर्णिमासम्म टीका जमरा लगाउन आइपुग्छन् ।
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ ।नजिकका परिवारका सदस्य र मान्यजनहरुबाट दशमीको दिन टीका जमरा लगाएर आशिर्वाद ग्रहण गरे पनि टाढा भएका आफन्तजनहरुसम्म पुग्न नपाएकाहरुले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गर्दछन् ।


























Discussion about this post