वीरगन्ज । वीरगन्जमा आयोजित दसैँ मेलामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ ।मंगलबार राति भएको झडपमा घाइते भएका २० वर्षीय युवकको नारायणी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको थियो । गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबीच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन ।नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए ।मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
वीरग वीरगन्जमा आयोजित दसैँ मेलामा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ ।मंगलबार राति भएको झडपमा घाइते भएका २० वर्षीय युवकको नारायणी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवाद झडपमा परिणत भएको थियो । गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबीच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन ।नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे अनुसन्धान सुरु गरिएको उनले बताए ।मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

























Discussion about this post