इटहरी डेस्क । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विहिबार केन्द्रीय समितिको बैठकमा लोकतान्त्रिक दलका नेता तथा कार्यकर्तामाथि भ्रष्टाचार छानबिनको नाममा प्रतिबन्ध र जेल हाल्ने चलखेल भइरहेको जिकिर गरे ।
सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गरेर जेन-जी आन्दोलनको दमनमा संलग्न र कतिपय भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि छानविन गर्ने समाचार आइरहेको बेला प्रचण्डले गरेको यो टिप्पणीलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
निवर्मतमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का लगायतको पासपोर्ट रोक्का गर्ने सरकारले तयारी गरेको गृहका उच्च अधिकारीले बताएका छन् । यसैगरी कांग्रेस सभापति शेरबहादुर देउवा र आरजु राणाको पासपोर्ट रोक्का गर्न पनि सरकारले छलफल गरिरहेको स्रोतको दाबी छ ।
उच्च स्रोतका अनुसार केही शीर्ष नेताका राहदानी रोक्काबारे गत मंगलबार मात्रै अध्यागमन विभाग, राहदानी विभागसँग छलफल गरेको थियो । छलफलका क्रममा विभागले राहदानी रोक्काका प्रक्रिया र कानुनबारे ब्रिफिङ गरेको थियो । अध्यागमन विभागका एक उच्च अधिकारीले नयाँ पेजसँग भने, ‘यसको प्रक्रिया बारेमा जानकारी लिइएको छ।’
शुद्धिकरण विभागले विभागले बुधबार मात्रै माओवादी केन्द्रका प्रचण्डको खुमलटार निवासमा पुगेर मुचुल्का गरेको छ । प्रचण्डको घरमा पनि जलेको रकमका केही टुक्राहरू भेटिएको भन्दै तस्वीरहरू बाहिरिएका थिए । शुद्धिकरण विभागले काम अघि बढाएपछि प्रचण्डले केन्द्रीय कमिटीमा दिएको अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा लिइएको छ ।


























Discussion about this post