इटहरी । सरकारले अनियन्त्रित विदेश भ्रमणमा रोक लगाएको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अनावश्यक विदेश भ्रमण रोक्ने गरी नयाँ निर्णय गरेको छ ।
असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक संख्या सीमा पनि तोक्ने निर्णय गरेको हो ।
अर्थ मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा सरकारले चालु खर्च घटाउन अनावश्यक भ्रमणमा रोक लगाउने उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहने ।’
यसअघि प्रधानमन्त्री वा मन्त्रीको नेतृत्वमा हुने विदेश भ्रमणमा जम्बो टोली सहभागी हुने गरेकोमा आलोचना हुँदै आएको थियो ।



























Discussion about this post