इटहरी डेस्क । जेनजी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा थप समस्या आएको छ । थप समस्या देखिएपछि चित्रकारलाई थप उपचारका लागि भारत लगिने भएको छ ।
जलेर शरीरलाई थप असर गर्ने भएपछि चिकित्सकले उनको शल्यक्रिया गरी हात फालिएको थियो । पछिल्लो समय उनलाई निमोनिया समेत देखिएपछि थप उपचारका लागि भारत लैजान चिकित्सकले समेत सुझाव दिएको बताइएको छ ।
७० वर्षीया चित्रकारको कीर्तिपुरमा रहेको बर्न अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसियु) राखेर उपचार गरिएको थियो । चित्रकारको शरीर १७ प्रतिशत जलेको चिकित्सकले बताएका छन् ।
स्रोतका अनुसार नेता खनाल र छोरा निर्भिक पनि उनीसँगै दिल्ली प्रस्थानको तयारीमा छन् । सोमबार राति १० बजे उनीहरू भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गर्ने गरी प्रस्थान गर्दै छन् ।



























Discussion about this post