इटहरी । नेकपा माओवादी केन्द्र विशेष महाधिवेशनमा जाने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौजुदा केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव पेश गरेका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा प्रचण्डले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माणको प्रस्ताव गरेका हुन् । केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रचण्डको प्रस्ताव छ ।
प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने समेत प्रस्ताव गरेका एक नेताले जानकारी दिएका छन् ।



























Discussion about this post