इटहरी । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनको घोषणा गरेका छन् । आज सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेख्दै प्रसाईँले छठ लगत्तै हरेक नेपालीको मन मुटुबाट उठ्ने नयाँ आन्दोलन थाल्ने उनले उद्घोष गरेका हुन् ।
अब हुने आन्दोलनले मुलुकमा आमूल परिवर्तन ल्याउने उनको दाबी छ । प्रसाईँले लेखेका छन्, ‘जबसम्म हामी आफैँले जन्मेको माटोको सुगन्धसँग मेल खाने आन्दोलन र यसै भूमिको आत्मासँग जोडिएको संविधान निर्माण गर्न सक्दैनौँ, तबसम्म हरेक दशकमा यस देशमा नेपालीको रगतको खोलो बगिरहन्छ।’
दुर्गा प्रसाईँले नेपालको संविधानमा सुधारको आवश्यकता औँल्याउँदै भने, ‘हामीलाई विदेशीको इशारामा लेखिने संविधान चाहिँदैन। हाम्रो चाहना भनेको नेपालको माटो सुहाउने र नेपालीको सपना र भावनासँग मेल खाने संविधान हो।’
आफूलाई राजावादी बताउनले उनले जेन–जी आन्दोलनमाथि विश्वासघात भएको बताएका छन् । अब हुने आन्दोलनले मुलुकमा आमूल परिवर्तन ल्याउने उनको दाबी छ ।


























Discussion about this post