[t4b-ticker]
Sunday, January 18, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

    ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

    झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

    विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

काजी भीम मल्लको सम्झना गराउँदै ओलीले भने– देशको निशानी मेटाउन खोजिएको छ, नयाँ पुस्ता गाढा सम्झनाले पछुताउनेछ

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज ३, २०८२ मा प्रकाशित
✅ समाचार
सेनाकाे सुरक्षा भित्रै घर पठाइए निवर्तमान मन्त्रीहरू
29
SHARES
Share on FacebookShare on Twitter

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश नदिएको पनि स्पष्टीकरण दिएका छन्।

जेनजी आन्दोलनपछि विकसिक असामान्य परिरिस्थितिको कारण राजीनामा दिएर सैनिक सुरक्षामा बसेका ओली मंगलबार मात्रै डेरामा सरेका थिए। सत्ताच्युत भएपछि ओलीले पहिलोपटक आज सार्वजनिक अभिव्यक्ति दिएका हुन्।‘गत साता जेन९जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो,’ ओलीले सन्देशमा भनिएको छ, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।’

याे पनिपढ्नुहाेस्

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

उले यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको बताएका छन्। ‘प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ ( नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ,’ उनले भनेका छन्, ‘जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।’यसका पछाडिको षड्यन्त्रबारे आफूले अहिले धेरै कुरा नभन्ने भन्दै उनले यस सम्बन्धी धेरै कुरा समयले आफैँ बयान दिने तर्क पनि गरेका छन्।

‘यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ,’ उनले अगाडि भनेका छन्, ‘हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ।’

उनले विदेश जानेरआउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउन, हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने उनको भनाई छ।

‘तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ,’ उनले अगाडि भनेका छन्, ‘हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको  झन् झन् गाढा सम्झना गराउने छ।’

सबै पुस्ताका नेपाली एकजुट भएर सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्नुपर्नेमा पनि जोड दिएका छन्। ‘सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ,’ उनले भनेका छन्।

संविधान दिवसमा शुक्रबार बिहानै ओलीले दिएको शुभकामना सन्देश

दिदीबहिनी तथा दाजुभाइहरू !

आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन। लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन।

यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ। नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो। तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो।

संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं। अर्थतन्त्र तंग्रदै थियो।

गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो- आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ। त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।

हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ – नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।

यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ।

तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ।

हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।

हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ – सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।

सम्बन्धित-समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष
समाचार

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ सर्लाही-३ बाट उम्मेदवार बन्ने भएका छन्। आगामी फागुन २१ गतेका लागि घोषित...

तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुमा निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ ‘इलेक्सन इपिसेन्टर’ : ओलीको बिरासतलाई बालेनको चुनौती

माघ ३, २०८२ मा प्रकाशित
कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

माघ २, २०८२ मा प्रकाशित
विश्वप्रकाश भन्छन् : कांग्रेस फुट्ने स्थिति आए विशेष महाधिवेशन हलबाट निस्किन्छु

विश्वप्रकाशले भने : कांग्रेस एकताबद्ध बनाउन विशेष महाधिवेशनको विपक्षमा उभिएका साथीहरूको योगदान चाहिन्छ

माघ २, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु
समाचार

पोल्यान्डमा ६ महिनादेखि कोमामा रहेका झापाका गोपाल लिम्बूकाे मृत्यु

✍ सूचना पाेर्टल
माघ ३, २०८२ मा प्रकाशित
0

काठमाडाै । रोपेली मुलुक पोल्यान्डमा एक नेपालीको निधन भएको छ।झापाको कमल गाउँपालिका-६ पञ्चकन्या लखनपुर घर भएका ४२ वर्षीय गोपालबहादुर लिम्बू...

अरु पढ्नुहाेस्...
देउवालाई सुनिल शर्माको आग्रह : बन्द सत्रको उद्घाटन गर्न आउनुस्

निर्वाचन आयोगले दिएको निर्णय स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन : सुनील शर्मा

माघ ३, २०८२ मा प्रकाशित
देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

देउवा पक्षको निर्णय: गगन नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्णयविरुद्ध आइतबार अदालत जाने

माघ ३, २०८२ मा प्रकाशित
सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

सर्लाही ३ बाट उम्मेदवार बन्ने नारायणकाजीकाे उदघाेष

माघ ३, २०८२ मा प्रकाशित
ओलीको गढमा बालेनको चुनौती, झापा-५ बाट चुनाव लड्ने तयारी

झापा ५ मा झाँकीसहित बालेनले मनोनयन दर्ता गर्ने, ३ हजार सहभागी गराउने तयारी

माघ ३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    27 shares
    Share 11 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    29 shares
    Share 12 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    28 shares
    Share 11 Tweet 7
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    29 shares
    Share 12 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    32 shares
    Share 13 Tweet 8
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष