[t4b-ticker]
Monday, May 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

    अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

    सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

    प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

    प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ ३०, २०८२ मा प्रकाशित
✅ समाचार
इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार
27
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं ।  जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार ।आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गरेका त्रिभुवन विश्वविद्यालयका प्रा.डा. केशव बस्याल निकै भावुक देखिए ।

तर पनि नेपाल र नेपालीको आस्थाको धरोहर फेरि उभिनेमा उनी उत्तिकै आशावादी छन् । रसिलो आँखा पार्दै उनले भने, ‘यो सबै दृश्य मेरा आँखाले राम्रोसँग हेर्न पनि सकेका छैनन्, स्वाभाविक रुपमा भावुक छु, तर निराशासँगै आशा र विश्वास ढलेको छैन । पक्कै फेरि पनि सिंहदरबार उभिनेछ भन्नेमा म विश्वस्त छु ।’

याे पनिपढ्नुहाेस्

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

सिंहदरबार आगजनी र तोडफोडले कुरुप बनेको छ । भग्नावशेषमाथिको झण्डाले साँच्चिकै फेरि राष्ट्रिय एकतासहित उठ्नुपर्छ भन्ने भाव बोलिरहेझैँ लाग्छ । धुवाँधुवाँ बनेका सिंहदरबारको भित्ताहरुका कला कौशलले पुनःनिर्माण पर्खिरहेका छन् । आकर्षक शिल्पी र कला धुँवाको पोतोले लतपतिएका छन् ।

सिंहदरबारको तस्बिर कैद गरिरहेकी कानुन व्यवसायी देवमाया घिमिरेले भनिनन्, ‘सिंहदरबार जलेको दृश्यले मन जलायो । हृदय भारी भयो । भवनको तस्बिर कैद गर्दा आफैँलाई बिझेजस्तो भयो । यो सबै दृश्य शब्दमा विश्लेषण गर्न सकिँदैन ।’अर्का कानुन व्यवसायी सुमित्रा श्रेष्ठलाई सिंहदरबार र यस्ता सार्वजनिक सम्पत्ति नजलाइदिए हुन्थ्यो भन्ने लागेको छ । सायद सिंदरबार पुग्ने जो कोहीका अनुहार मलिन देखिन्छन् ।

कैयौँका आँखा रसाएको हुनुपर्छ । जलेको सिंहदरबार आइतबार मध्यान्ह नियाल्दै गर्दा पंक्तिकारको मनमा पनि वेदना र खुल्दुली पोखियो । अधिकांशले मोबाइल र क्यामेराले सिंहदरबारको तस्बिर र भिडियो कैद गरिरहेका थिए । तस्बिर कैद गर्दा अधिकांशमा मौनता देखिन्थ्यो ।आइतबार प्रशासनिक कार्य खुलेपछि सिंहदरबारमा चहलपहल थियो । बाक्लो सङ्ख्यामा कर्मचारी एवं अन्य व्यक्तिहरु सिंहदरबार अवलोकन गरिरहेका थिए ।

सिंहदरबार नेपालको प्रशासनिक इतिहासको पछिल्लो भौतिक प्रमाण पनि हो । प्राध्यापक बस्याललाई इतिहास जल्दा पहिचान हराउँछकी भन्ने चिन्ता छ । उनी भन्छन्, ‘सिंहदरबार नेपालको वैभवशाली विकासको प्रमाण थियो । पटकपटक आक्रमणमा पर्नु सम्पदा र संस्कृतिमाथिको चुनौती हो । यो देख्दा अत्यन्तै दुःख लागेको छ । यो ‘रिनोभेट’ गर्न नसकिने त हैन । मुलुकले धेरै ठूलो रकम खर्च गर्नु पर्दा अरु क्षेत्रमा जाने रकम खुम्चिन्छ । फेरि आशा गरौँ सिंहदरबार उठ्नेछ ।’

गोरखा भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माणपछि निकै आकर्षक देखिएको थियो । सङ्घीय संसद् सचिवालयका कर्मचारी केशव अधिकारीले पुनःनिर्माणपछिका दृश्य सम्झिँदै थपे, ‘धेरै राम्रो भएको थियो । अहिले यसरी जलेर खण्डहर हुँदा दुःख लागेको छ । नेपाल आफैँले ठूलठूला पूर्वाधार बनाउन कठिन छ । बनिरहेका पूर्वाधारले नेपाल बन्दैछ भन्ने आशा जगाएको थियो । अहिले यो दृश्यले भावुक बनायो ।’

सिंहदरबार नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक जीवन्त दस्तावेज हो । राज्यका सम्पदा र प्रशासनिक सुरक्षामाथिको आगजनीले इतिहास र सम्पदामाथि प्रहार भएको छ ।कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कर्मचारी नवराज रिजालले सिंहदरबारको दृश्य असाध्यै पीडादायी रहेको बताए । ‘एकदम दुःखदायी अवस्थामा देखियो । अत्यन्तै भावुक र चिन्तित बनायो । देशको ऐतिहासिक धरोहर र प्राकृतिक सम्पदा हो । सरकारले यसलाई जुन अवस्थामा थियो सोही अवस्थामा बनाउदा उपयुक्त हुन्छ’, उनले भने ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारी रामकृष्ण लामिछानेले ऐतिहासिक धरोहर खण्डहरको रुपमा परिणत भएको देख्दा असाध्यै पीडाबोध भएको बताए । उनले जलेको सिंहदरबार र संसद् भवनले आफूलाई निकै दुखित तुल्याएको बताए ।सिंहदरबारको सुरक्षा दिइरहेका सुरक्षा एकाइका जवान एन्जल सुवेदीको अनुहार पनि मलिन देखियो । सिंहदरबारभित्रै काम गर्ने उनले सिंहदरबार जलेर खरानी हुँदा मन थाम्नै नसकेको अनुभूति सुनाए ।

यो राणाकालीन ऐतिहासिक सम्पदा हो । यसको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत थिए । सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रुपमा इस्वी संवत् १९०३ मा बनाउन लगाएका थिए । एक हजार सात सय वटा कोठाहरु रहेको यो भवन त्यस बेला एसियाकै सबैभन्दा ठूलो दरबार थियो । तत्कालीन अवस्थामा रु २५ लाख खर्च गरेर यो निर्माण गरिएको थियो ।

विसं २००७ मा राणा शासनको अन्त्य भए पनि पछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरु थिए । विसं २०३० मा सिंहदरबारमा आगलागी भएको थियो । त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो ।यो भवन युरोपेली शैलीमा बनेको छ । चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरु शिकार गरिएका जनावरहरु तथा युरोपेली शैलीका चित्रकलाहरुले सजाएका थिए । बत्ती तथा अन्य शृङ्गारका वस्तुहरु युरोपबाट मगाइएको थियो ।

आइतबारदेखि सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किएका छन् । आगजनी र तोडफोडबाट प्रभावित ती निकायका कर्मचारीहरूले नियमित काम सञ्चालन गरेका छन् ।आशा गरौँ सम्पूर्ण नेपालीको इतिहासको प्रतीक बनेर फेरी पनि उभिनेछ सिंहदरबार । जसलाई हेरेर हरेक नेपालीले देशको समृद्धिको कथा भन्नेछन् ।

सम्बन्धित-समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’
समाचार

बैशाख २७, २०८३ मा प्रकाशित
0

इटहरी । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट ल्याउन नेपाल उद्योग परिसङ्घले आग्रह गरेको...

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

बैशाख २५, २०८३ मा प्रकाशित
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा

बैशाख २२, २०८३ मा प्रकाशित
यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

बैशाख १२, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा
BANNER

अब बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य, किसानको बैंक खातामा पैसा

✍ सूचना पाेर्टल
बैशाख २८, २०८३ मा प्रकाशित
0

इटहरी ।  सरकारले बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य तोकी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भएको छ। सोमबार संघीय संसद्को संयुक्त...

अरु पढ्नुहाेस्...
मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

मधेशका विभिन्न स्थानमा सरकारविरुद्ध सुकुम्वासीकाे प्रदर्शन : प्रधानमन्त्री बालेनकाे राजिनामा माग

बैशाख २७, २०८३ मा प्रकाशित
अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

अर्थमन्त्रीको आश्वासन : ‘निजी क्षेत्रबिना विकास सम्भव छैन, सम्पत्ति सिर्जना गर्ने बाटो खुला गर्छौं’

बैशाख २७, २०८३ मा प्रकाशित
सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता , आज औपचारिक घोषणा

बैशाख २५, २०८३ मा प्रकाशित
इरानमाथि अमेरिकाको पुन: आक्रमण, युद्धविराम तोडेको इरानको आरोप

© Nepal Exchange Rates

POPULAR

  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    78 shares
    Share 31 Tweet 20
  • इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

    23 shares
    Share 9 Tweet 6
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    77 shares
    Share 31 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    324 shares
    Share 130 Tweet 81
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष