[t4b-ticker]
Monday, April 13, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

    नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

    सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

    सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

    लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

    गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाखको सेयर, ८९ तोला सुन

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

अब अन्याय हुँदैन भन्ने आशा बोकेर जेल फर्कंदैछु : रवि लामिछाने

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ २८, २०८२ मा प्रकाशित
✅ समाचार
प्रशासनले जिम्मा लिन नसक्ने भनेपछि रवि रिहा
29
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । रास्वपा सभापति रवि लामिछानेले देशले न्यायको प्रतिमूर्तिलाई प्रधानमन्त्री पाएकोले आफूलाई अब अन्याय नहुने आशासहित जेल फर्कन लागेको जानकारी गराएका छन् ।आज आफ्नो जन्मदिन परेको समेत बताउँदै लामिछानेले जन्मदिनको उपहारस्वरूप आफूलाई पुन: कारागार पठाउन लागेको जिकिर गरेका छन् ।

सामाजिक सञ्जालमा लामो स्टाटससहित एक भिडियो सन्देश जारी गर्दै लामिछानेले यस्तो बताएका हुन् ।‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ लामिछानेले भनेका छन् ।

याे पनिपढ्नुहाेस्

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

नख्खु कारागारमा रहेको सभापति लामिछाने पछिल्लो पटक जेनजीहरूको प्रदर्शनका क्रममा २४ भदौमा निस्किएका थिए ।उनले आफू कारागार प्रशासनकै निर्णय अनुसार बाहिर निस्किएको दाबी सुरुमा गरेका थिए । यद्यपि औपचारिक रुपमा कारागार प्रशासनले उनलाई थमाएको पत्रबारे केही बोलेको छैन ।उक्त पत्रबारे आलोचना बढेपछि लामिछाने आफैं कारागार फर्कन लागेका हुन् । उनले यसबारे मिडियाबाजी भएको भन्दै आपत्ति पनि जनाएका छन् ।

कारागार जानुअघि के भने लामिछानेले-

नमस्कार। म विगत ३० वर्षदेखि विभिन्न भूमिकामा रहेर समाज र नागरिकसँग हमेशा संवादमा छु। जवाफदेहितामा मैले कहिले पनि कम्प्रमाइज गरेको छैन । आज म आफ्ना बारेमा सफाई दिन भन्दा बढी मुलुकको अबको बाटोको बारेमा केही महत्वपूर्ण कुरा बताउन गइरहेको छु। संयोगले आज मेरो जन्मदिन परेछ। र म आफूलाई जन्मदिनको उपहार स्वरूप फेरी कारागारमा पठाउँदैछु।
पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो। आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।ममाथि जिल्लैपिच्छे मुद्दा लगाउनुपर्ने थियो कि थिएन, सहकारीको साइनो नभएको मान्छेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरण सहितको मुद्दा लगाउनु पर्ने हो कि होइन भन्ने कुरा म नयाँ सरकारको विवेक माथी नै छोड्न चाहन्छु।
यति कामना गर्छु कि जसले सबैभन्दा बढी कानुन मान्दछ उसैलाई कमजोर बनाउने र बदनाम गराउने काम हुने छैन। बाँकी रह्यो मलाई केहि दिन अघि कारागारबाट निकालिएको विषयको विवाद । त्यतिबेला भिडबाट जेललाई जोगाउन चिठी दिएर निकालियो। अहिले चिठि नै वैधानिक छैन भनेको सुन्छु। जुन परिस्थितिमा मलाई जेलबाट निकालियो र चिठी दिइयो त्यो बेलामा पनि प्रशासनलेले मलाई जोगाएको होइन, जेल जोगाएको हो ।
आज आएर त्यसको वैधानिकताका नाममा कुनै कर्मचारीलाई, सचिवलाई अप्ठ्यारोमा पार्न म चाहन्न। मैले कालकुट विष पिएको धेरै भइसक्यो। अर्को एक दुई थोपो बीष पिएर म मर्दिन ।मलाई यस्ता आरोप प्रतिशोधहरूको बानी परिसक्यो।कत्रा कत्रा षड्यन्त्र झेलिसकेको मान्छे, मेरा कारण कुनै एउटा जेलर एउटा गृह सचिवलाई अप्ठ्यारोमा पार्नु पर्दैन,मै जिम्मा लिन्छु।
तर मेरो चित्त दुखाइ यति हो कि जेल जोगाउन मलाई भिडमा धकेलेर उल्टो मेरा कारणले देशभरिका कैदी भागे भनेर बदनामी र मिडियाबाजी किन गर्नु परेको होला । त्यो पनि भइगो मेरो चित्त दुख्न अब कहाँ पो बाँकी छ र ? यतिखेर पनि यस देशका एकएक भ्रष्टाचारीहरू सुरक्षा निकायको घेरामा छन्,मेषमा मिजबानी खाइरहेका छन्। म जनताको भीडबाट निस्किएपछि एक्लै छु। एउटा पुलिस पनि मसँग छैन।
मेरो बदनाम गराउन तल्लिन पुराना दलका केहि टुहुराहरूको सक्रियता सामाजिक सञ्जालमा देखे । हे पुराना दलका सेनामेना साथी हो तिमीहरु आफ्नो विरासतको पतनको मलामी जान छोडेर कहाँ मेरो विरुद्धको दुष्प्रचारको पार्टी गर्दै नाचिरहेका छौं ?
आफ्नै पार्टी परिवारभित्र का साथीहरूप्रति मेरो कुनै गुनासो छैन। म सबै साथीहरूको स्वतन्त्रताको सम्मान गर्छु। तपाईँलाई राम्रो हुन्छ भने रवि लामिछाने तपाईंको कुनै पनि यात्राको बाधक बन्दैन ।रास्पा कुनै पनि साथीहरूको व्यक्तित्व निर्माणको प्लेटफर्म बनेको रहेछ भने म त्यसमा खुसी नै छु। तर पार्टी त बन्छ बन्छ।बाआमाको आशीर्वादले, दिदीबहिनीहरूको प्रेमले, र दाजुभाइहरूको सक्रियता र सद्भावले पार्टी बन्छ।
मेरो र पार्टीको हिजोको कुरा आजलाई यति नै ।अब भोलिको कुरा गरौं। देशको कुरा गरौं।
म लोकतन्त्र विधिको शासन प्रति प्रतिबद्ध राजनीतिकर्मी हुँ ।यसमा म कुनै हालतमा सम्झौता गर्दिन। अन्तरिम सरकार संविधानको पूर्ण पालनाबाट बनेन,बन्न सक्दैनथ्यो। अन्तरिम सरकारको संवैधानिक पृष्ठभूमि जेसुकै भएपनि यो अब देशको वास्तविकता हो। यो कदमलाई सरकारले अब परिणामबाट सार्थक बनाउनुपर्छ ।
एउटा कुरा नबिर्सौँ। करिला बच्चाहरुलाई ताकी ताकी गोली हानेर मारिएको छ । त्यससँगै देशका सरकारी संरचनाहरू ताकी ताकी ध्वस्त बनाइएको छ।त्यसैले पहिलो दिनको दमनको पनि छानबिन हुनुपर्छ दोस्रो दिनको हिंसाको पनि छानबिन हुनुपर्छ। बच्चाका टाउकोमा ताकी ताकी गोली हान्ने गृहमन्त्री प्रधानमन्त्रीहरु कारबाहीको दायरामा तत्काल आउनुपर्छ । देशका संरचनाहरू मा ताकीताकी आगो झोस्नेहरू पनि तत्काल कारबाहीको दायरामा आउनुपर्छ। सही बाटोमा हिँडेको खण्डमा सरकारको सफलताका लागि आफ्नो सवै शक्ती र सामर्थ्य प्रदान गर्ने वचन का साथ मेरा केहि माग पनि छन् ।
१. २०४६ सालपछिका नीतिगत लगायतका सम्पूर्ण निर्णयहरू र उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ।
२. देशका सबै निकायमा गरिएका राजनीतिक नियुक्ति एकै निर्णयबाट रद्द गरिनुपर्छ।
३. कर्मचारीदेखि न्यायपालिकासम्मको पुनर्नियुक्तिको बाटो तत्काल खोल्नुपर्छ। सुब्वा देखि न्यायाधिस सम्मले फेरी जांच दिनुपर्छ ।
४. सम्पूर्ण विश्वविद्यालयहरूमा भएको राजनीतिक नियुक्ति तत्काल खारेज गरी मेरिटोक्रेसी स्थापित हुनुपर्छ ५ ) सम्पूर्ण राजदूतहरूको नियुक्तिमा समेत यही विधि लागु हुनुपर्छ।
मैले भन्दै आएको थिएँ कि राज्यका सम्पूर्ण निकायहरू एउटै रावणका अलगअलग टाउकाहरु हुन्। रावणका यी अलगअलग टाउकाहरूमध्ये एउटा टाउको पनि बच्यो भने रावण बचेको ठहर्छ। यी चिजहरू हुन सकेन भने जनताको आन्दोलन माथी विश्वासघात हुन्छ। मलाई विश्वास छ समयमै निर्वाचन हुनेछ।
त्यसकालागि हामी जनस्तर बाट दवाव बढाएर सरकारलाई सहयोग गर्ने छौ । नयाँ सरकार र नयाँ जेनेरेसनलाई मेरो शुभकामना। म,यो आन्दोलनका क्रममा आफ्ना कलिला छोराछोरी गुमाएका बाआमाहरूसँगै छु। मैले केही योगदान दिनुपर्यो भने म यही नखु कारागारमै छु। भेट्न आउनुहोला । पार्टीका तल्लो तहसम्मका साथीहरूलाई यति भन्दछु कि पार्टी कब्जा गर्न होइन, पार्टी बनाउनतिर लाग्यो भने हामी सबै अटाउँछौँ।
पुराना राजनीतिक दलहरूप्रति हामीले प्रतिशोध साध्नुपर्ने केही पनि छैन। उनीहरुले जति जाने त्यति गरे।इतिहासका विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउन उनीहरुले गरेको योगदानलाई सम्झेर पनि हामीले प्रतिशोधको भावना त्याग्नुपर्छ । स्वस्थ चुनावी प्रतिस्पर्धाबाट उनीहरूलाई हराउन सक्ने ल्याकत हामीले राख्नुपर्छ । सके एक्लै, नसके सबै नयाँहरू मिलेर । देशभरका सम्पूर्ण पार्टी पंक्तिलाई प्रशासनसँग समन्वय गरी पुनर्निर्माणमा श्रमदान गर्न म हार्दिक अपिल गर्दछु। नमस्कार।

सम्बन्धित-समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम
समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

इटहरी । चितवन भरतपुरस्थित त्रिशुल फुड्स प्रा.ली. ले आफ्ना डिलर र ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ईटहरीमा “जस्मिन दशैं–तिहार ट्रिपल धमाका...

वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्
समाचार

वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

पर्सा । पर्साको वीरगन्ज महानगरपालिका-१० मा डेरा गरी बस्ने एक टिकटकरले प्राण त्यागेकी छन्। प्रहरीका अनुसार रौतहटको दिपही निवासी २० वर्षीया माही...

नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

चैत्र ३०, २०८२ मा प्रकाशित
सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

सभापति थापासँग रुष्ट राजेन्द्र बजगाईंले त्यागे कांग्रेस, भने– ‘सज्जनका हातमा गोबर छ’

चैत्र ३०, २०८२ मा प्रकाशित
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

चैत्र २९, २०८२ मा प्रकाशित
संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

गृहमन्त्री गुरुङसँग ४ करोड ३१ लाखको सेयर, ८९ तोला सुन

चैत्र २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम
समाचार

ईटहरीमा त्रिशुल फुड्सको ‘जस्मिन दशैं–तिहार ट्रिपल धमाका’ कार्यक्रम

✍ सूचना पाेर्टल
चैत्र ३०, २०८२ मा प्रकाशित
0

इटहरी । चितवन भरतपुरस्थित त्रिशुल फुड्स प्रा.ली. ले आफ्ना डिलर र ग्राहकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित ईटहरीमा “जस्मिन दशैं–तिहार ट्रिपल धमाका...

अरु पढ्नुहाेस्...
झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

झापामा ३ वटा मोटरसाइकल एकै ठाउँमा ठोक्किए, १ को मृत्यु, ४ जना घाइते

चैत्र ३०, २०८२ मा प्रकाशित
वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

वीरगन्जमा टिकटकमा भिडिओ बनाएर युवतीले प्राण त्यागिन्

चैत्र ३०, २०८२ मा प्रकाशित
नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

नेता बाँस्कोटाको व्यंग्य: मन्त्रीका खेतबारीमा पहेँलपुर तोरी फुलेछ

चैत्र ३०, २०८२ मा प्रकाशित
भारतीय गायिका आशा भोसलेको निधन

गायिका आशा भोसलेको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै

चैत्र ३०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    319 shares
    Share 128 Tweet 80
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    323 shares
    Share 129 Tweet 81
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    79 shares
    Share 32 Tweet 20
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    72 shares
    Share 29 Tweet 18
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    68 shares
    Share 27 Tweet 17
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    71 shares
    Share 28 Tweet 18

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष