इटहरी । जेनजी आन्दोलनका क्रममा अराजक समूहले गरेको आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभाले प्रशासनिक सेवा आइतबारबाट सुरु गर्ने भएको छ ।मंगलबार अराजक समूहले आगजनी गर्दा प्रदेशसभा भवन ध्वसत भएको थियो । प्रदेशसभा सचिवालयको भवनमा पनि आगजनी र तोडफोड भएको थियो ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले प्रदेशसभा सचिवालय परिसरमा रहेको मिडिया सेन्टरको कोठाबाट प्रशासनिक सेवाको सुरूवात गर्ने बताए ।
उनका अुनसार मिडिया सेन्टरको कार्यकक्षमा तोडफोड भएपनि आगजनी भएको छैन भने आगजनी नभएका कारण टेबल कुर्सी राखेर प्रशासनिक काम सुरु गर्न लागिएको हो ।‘सचिवालय भवनको सरसफाइ भएको छैन, बाहिर परिसरमा सरसफाइ गरियो,’ ढकालले भने, ‘मुचुल्का उठाएपछि सचिवालय भवनको सरसफाइ हुन्ँछ।’ शुक्रबार र शनिबार सचिवालय परिसर सरसफाइ भएको थियो।प्रदेशसभा भवन पूर्णरुपमा जलेका कारण प्रदेशसभाको काम कारवाही सञ्चालनको विषय भने अन्योल छ।


























Discussion about this post