इटहरी । विसम परिस्थिती शिर्जना भइ देशभर निषेधाज्ञा र कर्फ्यु जारी भएकाे कारण बन्द अवस्थामा रहेकाे जिल्ला अदालत सुनसरीले २९ गते अाइतबारदेखि सेवा सुचारू गर्ने भएकाे छ । अदालत प्रसाशनले हालै एक बिज्ञप्ती जारी गर्दै २९ गते अाइतबारबाट सबै सेवा सुचारू हुने जानकारी दिएकाे हाे ।
सुनसरी अदालतका श्रेष्तेदार टेकेन्द्रवसर जंग राणाका अनुसार देशकाे परिस्थिती अनुसार निषेधाज्ञा र कर्फ्यु खुलेसंगै सामान्य बनेकाे जनजिवनलाइ मध्यनजर गर्दै अदालती कामकाज तथा कार्वाहीहरू सुचारू गरिने भएकाे हाे ।
अदालतले तत्काल पक्राउ पुर्जी , विशेष पक्राउ पुर्जी , थुनछेक आदेश ,म्याद थप र मुद्धा दर्ता , फिरादपत्र ,विशे प्रकृितिकाे निवेदन , लगायतका सेवाहरू दिउसाे १ बजे सम्म प्रदान गरिने जिल्ला अदालत सुनसरीका श्रेस्तेदार राणाले जानकारी दिए ।



























Discussion about this post