कपिलवस्तु । कपिलवस्तु कारागारका बन्दीले कारागार तोडफोड गरी भागेका छन् ।जेनजी आन्दोलनको मौका पारेर कारागार तोडफोड गरी चार सय बढी कैदी भागेको प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले पुष्टि गरे ।कारागारमा ४७० जना कैदी थिए । तीमध्ये ३५ जना भने कारागारमै रहेको प्रमुख जिल्ला अधिकारीले बताए । दुई ब्लकबाट भागेका भागेकामध्ये २० जनालाई पक्राउ गरिएको उनले बताए ।
कारागारबाट फरार भएका कैदी बन्दीले नजिकै रहेको कपिलवस्तु अदालतमा तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट कारागारका कागजातहरू जलेका र भवनको संरचना तथा उपकरणहरूमा समेत क्षति पुगेको छ ।फरार कैदी बन्दीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।
सेनाको सुरक्षा गस्ती परिचालन
जिल्ला सुरक्षा समिति कपिलवस्तुले २०८२ भाद्र २४ गते राती १० बजेबाट नेपाली सेनासहितको सुरक्षा गस्ती परिचालन गरेको जनाउँदै कुनै पनि अवाञ्छित गतिविधि गरेमा सुरक्षात्मक कारबाही हुने सूचना जारी गरेको प्रजिअ तामाङले बताए ।

























Discussion about this post