इटहरी । आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जनालाई नेपाली सेनाले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई नेपाली सेनाले प्रहरीको जिम्मा लगाएको छ। उनीहरु काठमाडौँ र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ परेका हुन्।देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरिएको सेनाले जनाएको छ।
सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न पनि आग्रह गरेको छ।काठमाडौँको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जनालाई पक्राउ गरिएको सेनाले जनाएको छ।
भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौँको होटल हायात र बौद्ध क्षेत्रबाट पनि लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका सेनाले जनाएको छ।सेनाले जारी गरेको सुरक्षा अपडेटमा समुदायलाई चारवटा महत्वपूर्ण सन्देशसमेत दिएको छः
सेनाले कतै विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमा एसएमएस पठाई सहयोग माग्नसमेत सेनाले अनुरोध गरेको छ।त्यसैगरि सुरक्षा निकाय पुग्नुअघि स्थानीय समुदायले एकजुट भई लुटपाटमा संलग्नहरुको निगरानी गर्ने र घटनाबारे सही सूचना आदानप्रदान गरी आफ्नो टोलछिमेक सुरक्षित राख्नसमेत सेनाले आह्वान गरेको छ।
केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत भ्रामक र अतिरञ्जित सूचना फैलाउन खोजेकाले यस्ता गतिविधिलाई बेवास्ता गरी केवल सही सूचना संप्रेषण गर्न पनि सेनाले आग्रह गरेको छ।गएराति पशुपति क्षेत्रमा प्रवेश गर्न खोज्नेहरुलाई सेनाले रोकेको छ।



























Discussion about this post