इटहरी । जायज मागसहित देशभर प्रदर्शनमा उत्रिएको जेन-जेड (Gen Z) पुस्तामाथि सरकारी पक्षबाट भएको दमनको विरोधमा मंगलबार पनि आन्दोलन चर्किएको छ। इटहरीमा २ जना सहित देशभर १९ जनाले ज्यान गुमाएपछि झनै उग्र बनेका प्रदर्शनकारीले देशभर नै आन्दोलन चर्काएका हुन । यसैबिच प्रदर्शनकाे क्रममा प्रहरीले चलाएकाे गाेली लागेर इटहरीमा साेमबार २ जनाकाे मृत्युभएपछि आक्राेशीत भिडले मंगलबार प्रदर्शन सहित बिभिन्न क्षेत्रमा ताेडफाेठ र आगजनी गरेका छन ।
जेनजी पुस्ताले मंगलबार इटहरीका मेयर हेमकर्ण पाैडेल , नेपाली कांग्रेस र एमाले पार्टि कार्यालयमा आगजनी गरेका छन भने काेशी प्रदेशका कानुनमन्त्री रेवती रमण भण्डारीकाे घरमा ताेडफाेड गरेका छन । प्रदर्शनकारीहरूले साेमबार उपमहानगर परिषर छिरेर ताेडफाेड मचाउनुकासाथै बिभिन्न शाखाहरूमा आगजनी समेत गरेका थिए ।त्यसकाे २४ घण्टा बित्न नपाउदै प्रदर्शनकारीहरूले इटहरीकाे १ आपगाछिस्थित मेयर पाैडेलकाे घरमा पनि आगजनी गरेका हुन ।
त्यस्तै प्रदर्शनकारीहरूले इटहरी ६ मा रहेकाे नेपाली कांग्रेस र इटहरी ९मा रहेकाे एमाले पार्टि कार्यालयमा पनि ताेडफाेड गरेका छन । अहिले इटहरीमा थप क्षती हुन नदिन मुख्य चाैकमा सेना परिचालन गरिएकाे छ ।

























Discussion about this post