इटहरी । सरकारले सामाजिक सञ्जाल खुलाएको छ । सोमबार भएको जेनजीको प्रदर्शनपछि सामाजिक सञ्जाल खुलाइएको हो ।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि सामाजिक सञ्जाल खुलाइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।
जेनजीको सदाशयताका लागि सामाजिक सञ्जाल खुला गरिएको उनको दाबी छ ।सरकारले दर्ता हुन नमानेको यसअघि मेटा, एक्सलगायत सामाजिक बन्द गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुलाउने निर्णय नगरे पनि पछि सत्तारुढ दलका नेताको दबाबमा सरकारले राति १० बजेपछि खुलाएको हो।
भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार राजधानी काठमाडौँसहित देशका विभिन्न सहरमा प्रदर्शन गरेको थियो।प्रदर्शनमा सरकारी दमनका कारण १९ जना युवा मारिएका छन् भने ४२२ जना घाइते भएका छन् ।


























Discussion about this post