इटहरी । भ्रष्टाचार र बेथितिविरुद्ध काेशी प्रदेशकाे विराटनगर , दमक , इटहरी लगायतका सहरहरूमा पनि जेनजीहरूले प्रदर्शन गरेका छन्। विराटनगरको सन्सारीमाई मन्दिरबाट निस्किएको प्रदर्शन विराटनगरको रोडशेष चोकमा पुगेको थियो। सन्सारीमाई मन्दिर नजिकैबाट निस्किएको र्याली महेन्द्र चोक, बसपार्क हुँदै मुख्यमन्त्री कार्यालय अगाडि बढेपछि प्रहरीले रोडशेष चोकमा नै रोकेको थियो।
प्रदर्शनमा पाका उमेरका व्यक्तिहरूको समेत उपस्थिति देखिन्थ्यो। प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध चर्का नारा लगाएका थिए। प्रदर्शनमा स्कुले विद्यार्थीहरू प्लेकार्ड, झन्डासहित सडकमा निस्किएका हुन्।
यसैबिच सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध आन्दोलित जेनजीले झापाको दमकमा मोटरसाइकलमा आगजनी गरेका छन् ।प्रदर्शनको क्रममा प्रहरीले गोली चलाएपछि आक्रोशित बनेका उनीहरूले एक मोटरसाइकलमा आगजनी गरेका हुन् ।

























Discussion about this post