इटहरी डेस्क । जेन-जीले सोमबारका लागि जिल्ला प्रशासन कार्यालयबाट विरोध प्रदर्शन गर्न अनुमति पाएको छ।स्वतन्त्र युवाहरूको समूहले यही भदौ २३ गते (सोमवार) माइतीघर मण्डलामा भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्ने जनाएको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको स्वतन्त्र समूह ‘जागौँ नेपाल अभियान’ ले सोमबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेको हो । सरकारले फेसबुक लगायतका २६ सामाजिक सञ्जाल निस्क्रिय पारेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरू सो निर्णयको विरोधमा छन्।सोमबार माइतीघरमा विद्यार्थी पोसाक लगाएर परिचयपत्रसहित माइतीघर मण्डलामा उपस्थित हुन उनीहरूको आग्रह छ ।

























Discussion about this post