इटहरी डेस्क । आज (भदौ २२ गते) राति खग्रास चन्द्रग्रहण लाग्दैछ । राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।समितिका अनुसार यो चन्द्रग्रहण राति ११ः१५ बजे सम्मीलन, ११ः५६ बजे मध्य, १२ः३८ बजे उन्मीलन हुने छ। कूल १ घण्टा २३ मिनेट खग्रास रहने यो ग्रहणको सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ।
यो चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ।वैज्ञानिकहरुका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले हेर्दा कुनै असर गर्दैन।आगामी फागुन १९ गते फागु पूर्णिमाका दिन पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने ज्योतिषशास्त्रीहरुले बताएका छन्।
सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ।



























Discussion about this post