इटहरी डेस्क । गौरापर्वको अवसरमा केन्द्र र प्रदेश सरकारले आज र भोलि (आइतबार र सोमबार) सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिएका छन्।संघीय सरकारले आइतबार र प्रदेश सरकारले सोमबार सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा दिएका हुन्।विशेषगरि सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज हो। आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ।
शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला मा लगेर पूजा गर्ने परम्परा छ।यसैबीच गौरापर्वको अवसरमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिएका छन्। गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



























Discussion about this post