महाेत्तरी । जंगलमा दुम्सी मारेको आरोपमा महोत्तरीबाट चारजना पक्राउ परेका छन्।बर्दिबास-१० स्थित पूर्वपश्चिम राजमार्गसँगै रहेको लक्ष्मीनियाँ जङ्गलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला वन कार्यालय महोत्तरीले जनाएको छ। उनीहरू आधा दर्जन दुम्सीसहित पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका-३ भक्तिपुरका अरुण मिस्त्री, रामस्वरूप मिस्त्री, उमेश मिस्त्री र ध्रुव मिस्त्री छन्।जनकपुरबाट लालबन्दीतर्फ जाने क्रममा सर्लाहीका डिभिजनल वन अधिकृत सन्तोष झा नेतृत्वको टोलीले बुधबार राति मरेका ६ वटा दुम्सीसहित उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूको साथबाट दुम्सीसँगै बा ८८ प ११६० र बा ५६ प २२४० नम्बरको मोटरसाइकल पनि बरामद भएको वन कार्यालयले जनाएकाे छ।उनीहरूको साथबाट घरेलु हतियारसहित दुईवटा प्लास्टिकका बोरामा राखिएको ६ वटा मरेका दुम्सीसमेत बरामद गरिएको वन कार्यालयले जनाएको छ।
माइस्थानमा रहेको वनको सब डिभिजन कार्यालयका प्रमुख कृष्णकुमार पटेलका अनुसार दुम्सी आरक्षित वन्यजन्तु नभए पनि प्रक्रिया पूरा नगरी सिकार गर्न पाइँदैन। दुम्सीकाे आफूखुसी सिकार गरेको पाइए वन ऐन आकर्षित हुने उनको भनाई छ।
वन्यजन्तुले जङ्गली क्षेत्र बाहेक मानवबस्ती वा बालीनालीमा दुःख दियो भने कानुनले तोकेको प्रक्रिया पूरा गरेर रोयल्टी तिरेपछि मात्र मार्न पाइने कानुनी व्यवस्था छ। जिउभर तिखा काँडाले ढाएिको दुम्सी मासुको लागि चोरी सिकारी हुने गरेको छ।


























Discussion about this post