इटहरी डेस्क । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पर्यटन विभागको पूर्व निर्देशक सचिन्द्रकुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । यादवले ९६ लाख ८५ हजार ५५३ रूपैयाँ भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनले २०६६ जेठ २४ गतेदेखि २०७९ साउन २९ गतेसम्मको कार्यकालमा ३ करोड ६५ लाख ४ हजार ४५३ रूपैयाँको खर्च-कारोबार गरेको देखिएको छ । जसमा २ करोड ६८ लाख १८ हजार ९ सय रूपैयाँको मात्र स्रोत खुलेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
९६ लाख ८५ लाख ५५३ बराबरको सम्पत्तिको स्रोत भने पुष्टि गर्न सकेनन् । त्यसैले सार्वजनिक पदको दुरूपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएकाले उनीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको उनले बताए ।
उनीविरूद्ध स्रोत खुल्न नसकेको रकम बराबरको बिगो माग दाबी गरिएको छ । उनले कमाएको सम्पत्ति श्रीमती आशाकुमारी यादवको नाममा राखेको देखिएकाले अख्तियारले आशाकुमारी यादवलाई प्रतिवादी कायम गरेको छ ।

























Discussion about this post