इटहरी । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका छन्। मौमस पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनले दिएको जानकारीअनुसार अहिले मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) सरदर स्थानभन्दा उत्तर अर्थात् नेपालतर्फ नजिकिने क्रममा छ।
‘त्यसले आजदेखि कम्तीमा तीन दिन मनसुनी गतिविधि (मौसम बदली र वर्षा) बढ्ने सम्भावना छ’, उनले भनिन्, ‘यसपटक मधेस तथा तराईमा पनि पानी राम्रै पर्ने अनुमान छ।’त्यसो त मधेस क्षेत्रमा गएराति पनि राम्रै वर्षा भएको उनले बताइन्। ‘पछिल्लो १० घण्टाको रेकर्ड हेर्दा मधेसका एक-दुई स्थानमा भारी वर्षा पनि भएको छ’, मौसमविद् महर्जनले भनिन्।
अहिले पनि देशका विभिन्न स्थानमा पानी परिरहेको छ। यतिबेला (शनिबार बिहान) काठमाडौँ उपत्यकाका पनि कतै-कतै हल्का वर्षा भइरहेको जानकारी उनले दिइन्। ‘आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ’, उनले भनिन्।



























Discussion about this post