ग्रामथानको अध्यक्षमा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी
- मंसिर ३, २०८१ मा प्रकाशित
इटहरी । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा एक स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । आइतबार प्रमुख राजनीतिक दलहरूले उम्मेदवारी दिएका सत्तारुढ दलहरू नेपाली कांग्रेस र एमालेसहित नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायतका १६ दलहरूले मनोनयन दर्ता गराएका हुन् ।
कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधन पछि हुन लागेको उपनिर्वाचनमा सत्तारुढ दलहरू एक्ला एक्लै प्रतिष्पर्धामा उत्रिएका छन् । कांग्रेसका बलराम सरदार थारु र नेकपा एमालेबाट तुलसीराम विश्वासले मनोनयन दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दार (दिवेश), नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशी र जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरीले मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै, समावेशी समाजवादी पार्टी नेपालबाट बौधनारायण माझी, राष्ट्रिय उन्मुक्ति पार्टीबाट बुद्धिजन विश्वास थारु, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, जनमत पार्टीबाट विनोदकुमार माझी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु मुसहर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नविनकुमार विश्वास थारु, मङ्गोल नेशनल अर्गनाइजेशनबाट भरत राई, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी थारुले मनोनयन दर्ता गराए । नभनारायण चौधरी थारुले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका हुन् ।
सम्बन्धित खवर
-
ताजा मंसिर १६, २०८१दुर्घटना राेक्न कोशीका सडकमा टाइम कार्ड लागू
-
ताजा मंसिर १६, २०८१आज पनि घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
-
ताजा मंसिर १६, २०८१भोटखोलामा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या
-
ताजा मंसिर १६, २०८१उपनिर्वाचन : उपप्रधानमन्त्री सिंहले गरे मतदान
-
ताजा मंसिर १६, २०८१सिरहामा गाडीको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका सईको मृत्युपछि राजमार्ग अवरुद्ध
Comments