•  २ कार्तिक २०८१, शुक्रबार
  •  12:08:30 AM

मायाघर नेपालमा सयभन्दा बढी आश्रितहरूलाई दसैँको नयाँ लुगा

- आश्विन २०, २०८१ मा प्रकाशित



इटहरी/ परोपकारी संस्था मायाघर नेपालले सयभन्दा बढी आश्रितहरूलाई नयाँ लुगा वितरण गर्दै दसैँको शुभकामना साटासाट गरेको छ ।
संस्था परिसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा एक सय ३८ जना आश्रितहरूलाई नयाँ लुगा र खाना वितरण गरेको हो ।
सुभद्रा प्याकुरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीता चौधरीको मुख्य एवम् सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिना विशेष आमन्त्रित रहेका थिए ।
सो अवसरमा सामाजिक अभियानकर्मी गोमाकुमारी गिरीलाई मायाघर नेपालको आजीवन सदस्यता प्रदान गरिएको थियो भने गायिकाहरू गङ्गा गौतम, जानुका कोइराला र राधिका थापाले विभिन्न गीतहरू प्रस्तुत गरेका थिए ।


सो अवसरमा संस्थापक आमा कमला खड्का तथा दुर्गा पौडेल, प्रहरीनायव उपरीक्षक लक्ष्मी भण्डारी, इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्ले, कविर माविकी प्रधानाध्यापक मिनु न्यौपाने, बालग्राम टोल विकासका अध्यक्ष देवीप्रसाद भट्टराई, आमा समूह सुनसरीकी अध्यक्ष गीता राई, मायाघर नेपालका सल्लाहकार हिरा आचार्यलगायतको उपस्थिति रहेको थियो ।
२०७४ सालमा स्थापित मायाघर नेपालका २१ जना संस्थापक आमा तथा दुई सयभन्दा बढी आजीवन सदस्य रहेका छन् । संस्थाले आजीवन सदस्यताका लागि २१ हजार रुपियाँ शुल्क तोकेको छ ।
विभिन्न सङ्घ–संस्था एवम् दाताहरूको सहयोगमा स्थापना भई साँघुरो भवनमा सञ्चालन हुँदै आएको मायाघर नेपालले हाल ‘एक इँटा अभियान’ नाम दिएर सुुविधासम्पन्न भवन निर्माण योजना अघि बढाएको छ ।
‘मायाघर नेपालको परिकल्पना, सडक आश्रितमानवरहित नेपालको स्थापना’ नारा तय गरेको सो संस्थामा रहेका आश्रितहरूसँग जन्मदिन तथा चाडपर्वहरूमको खुसियाली साट्नेहरूको सङ्ख्या उल्लेख्य हुने गरेको छ ।

Comments

सम्बन्धित खवर