इजरायल–हेजबुल्लाह युद्ध जारी : २८ स्वास्थ्यकर्मी मारिए
- आश्विन १८, २०८१ मा प्रकाशित
एजेन्सी । हेजबुल्लाहका समूहका सैन्य संरचना ध्वस्त पार्न भन्दै दक्षिणी लेबनान प्रवेश गरेको इजरायली रक्षा बल (आईडीएफ) र हेजबुल्लाहबीच बिहीबार पनि युद्ध भइरहेको छ ।
युद्धका कारण पछिल्लो २४ घण्टामा लेबनानमा कम्तीमा २८ जना स्वास्थ्यकर्मी मारिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । डब्लूएचओ प्रमुख टेड्रोस एडहानोम गेयब्रेससले मारिनेमध्ये कपितय बमबारीपछि काम गर्ने क्षेत्रहरूबाट भागेका थिए । त्यस्तै, लेबनानको राजधानी बेरुतमा आईडीएफले बुधबार राति गरेको आक्रमणमा कम्तीमा ९ सर्वसाधारण मारिएका बीबीसीले जनाएको छ । आईडीएफले कम्तीमा १५ हेजबुल्लाह सदस्य मारिएको दाबी गरेको छ ।
मारुन अल–रासमा हजेबुल्लाहले इजरायली सेनालाई लक्षित गर्दै बम विस्फोट गराएको छ भने इजरायलले दक्षिणी लेबनानमा हवाई आक्रमण गरेको छ । आईडीएफले बिहीबार हेजबुल्लाहको गुप्तचर मुख्यालयमा आक्रमण गरेको जनाएको छ । त्यस्तै, हेजबुल्लाहले बेरुतस्थित आफ्नो सञ्चार कार्यालयमा आक्रमण भएको जनाएको छ ।
आईडीएफले दक्षिणी लेबनानका स्थानीयलाई अन्यत्र जान चेतावनीसमेत दिएको छ । ‘तपाईं र तपाईंका सन्तानको सुरक्षाका लागि अर्को सूचना नभएसम्म आफ्नो घरमा नजानुहोला,’ आईडीएफले टेलिग्राममार्फत जारी सूचनामा लेखिएको छ ।
इजरायली सेनाले दुई सातायता गरेका आक्रमणमा कम्तीमा हजार सर्वसाधारणको ज्यान गइसकेको छ । दक्षिणी लेबनान र बेका क्षेत्रबाट कम्तीमा १० लाख सर्वसाधारण विस्थापित भइसकेका छन् । सन् २०२३ को अक्टुबर ७ यता इजरायलले लेबनानमा गरेको आक्रमणमा १ हजार ९ सय ७४ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये कम्तीमा १ सय २७ जना बालबालिका छन् । ९ हजार ३ सय ८४ जना घाइते भएका जनाइएको छ ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २, २०८१दसैँ अवधीभर कोशी प्रदेशमा दुई सय ६९ सवारी दुर्घटना, १४ जनाको मृत्यु , इटहरीमा मात्रै १६ दुर्घटना : बाह्र दिनमा सात हजार पाँच सय ९१ वटा सवारी कारबाहीमा
-
ताजा कार्तिक २, २०८१टी-२० आई क्रिकेट: अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य
-
ताजा कार्तिक २, २०८१हमासका प्रमुख मारिएपछि इजरायलमा विजयी उल्लास, के अब युद्ध अन्त्य होला ?
-
ताजा कार्तिक २, २०८१राजविराज कारागारमा क्षमताभन्दा चौब्बर कैदीबन्दी, कारागारको जग्गा पनि अतिक्रमण
-
ताजा कार्तिक २, २०८१कोसी सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक, पारदर्शीता, सुशासन, रोजगारी र विकास परियाेजनालाई विशेष प्राथमिकता
Comments