२४ घण्टापछि कोशी ब्यारेजको पुलबाट यातायात सुचारु
- आश्विन १४, २०८१ मा प्रकाशित
इटहरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ । कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए । कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उनले बताए ।
प्रजिअ मग्रातीले भने, ‘कोशीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो । आइतबार बिहानबाट कोशीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ ।’
कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा गर्न आठ घण्टा लागेको थियो । सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको छ । कोशी नदीमा पानीको बहाव घट्ने क्रममा छ । कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार आइतबार साँझ ७ः३० बजे पानीको प्रवाह घटेर तीन लाख ४५ हजार चार सय १५ क्युसेकमा झरेको छ । पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिबार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो ।
सम्बन्धित खवर
-
ताजा आश्विन २१, २०८१बेलबारीमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना : ड्युटी सकेर घर फर्किदै गरेका प्रहरी जवानको मृत्यु
-
ताजा आश्विन २१, २०८१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमालेको ५० लाख हस्तान्तरण
-
ताजा आश्विन २१, २०८१सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
-
ताजा आश्विन २१, २०८१अघि बढ्यो दुवै प्रहरीको विधेयक, परामर्शका लागि लोकसेवामा
-
ताजा आश्विन २१, २०८१गुल्सन झालाई किन्न सात टोलीको तानातान, गोलाप्रथाबाट कर्णालीले पायो
Comments