•  ३ आश्विन २०८१, बिहीबार
  •  5:44:26 AM

अब सरकारी कर्मचारीलाई खाजा समय आधा घण्टा मात्रै

- भाद्र २४, २०८१ मा प्रकाशित



काठमाडौं । सरकारी कार्यालयमा खाजा खाने समय एक घण्टाबाट घटाएर आधा घण्टामा झारिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा खाजा खाने समय घटाइएको आइतबार राति सामाजिक सञ्जाल फेसबुककमार्फत जानकारी दिएका छन् । योसँगै अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन साढे १ बजेदेखि २ बजेसम्म कायम भएको छ ।

सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको समय घटाइएको प्रधानमन्त्री ओलीले उल्लेख  गरेका छन् । ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ,  खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन, अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ, कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ’, उनले लेखेका छन् ।

Comments

सम्बन्धित खवर