•  ३ आश्विन २०८१, बिहीबार
  •  3:52:38 AM

छात्रावृत्तीमा नाम निकाल्ने दुई जना विद्यार्थीलाई विश्व आर्दश कलेजले गर्याे सम्मान

- भाद्र १८, २०८१ मा प्रकाशित



इटहरी । एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्तीमा नाम निकाल्न सफल भएका  दुई जना विद्यार्थीहरुलाई विश्व आर्दश कलेज इटहरीले एक कार्यक्रम विच  सम्मान गरेको छ ।

एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्ती प्राप्त गर्न सफल प्रश्ना पराजुलीले छौठौ स्थान र अभिनाश सुबेदीले २१६ स्थान ल्याउन सफल विद्यार्थीलाई कलेजले सम्मान गरेको हो ।

विश्वआर्दश कलेजले एक कार्यक्रमको आयोजना गरी एमविविएस अध्ययनका लागि पुर्ण छात्रावृत्ती प्राप्त गर्न सफल पराजुली र सुबेदी सहित अभिभावकलाई पनी सम्मान गरेको छ ।

विश्व आदर्श कलेजमा अध्यारत प्रश्ना पराजुलीले नेपाल मेडिकल काउनसिलबाट लिएको एम.बिबि एस परिक्षामा नेपालम गे्रड तर्फ दोस्रो र ओभरल रेकं तर्फ छैटौ र  स्थानमा नाम निकाल्न सफल भएकी छिन भने त्यसै गरी अभिसेक सुवेदीले २१६ औ रेर्कडमा नाम निकाल्न सफल भएका छन र आज सम्मको इतिहासमै नेपालको दोस्रो तथा प्रदेशकै पहिलो महिला तर्फ ६ छैटौँ रेर्कडमा नाम निकाल्न सफल भएको विश्व आर्दश कलेजका प्राचार्य गणेश दुलालले बताए ।

सम्मान कार्यक्रमका प्रमुख अतिथी जनता बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष बिकास केसीले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप लगायतका सबै क्षेत्रमा विश्व आर्दश आगाडी बढ्न सफल हुदै विद्यार्थी र अभिभावकहरुको मन जित्न सफल इटहरीकै नमुना विद्यालयकोरुपमा स्थापित भएको बताएका छन्  । विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा शिक्षक,विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

छात्रावृत्तीमा नाम निकाल्ने विद्यार्थीहरुलाई सम्मान गरेर कलेजमा अध्ययन गरिरहेका अन्य विद्यार्थीहरुलाई उर्जा प्रदान गर्ने काम समेत गरिएको सो अवसरमा वताइयो । इटहरीमा रहेको विश्व आर्दशमा अध्ययन गर्ने विद्यार्थीहरुले विगतका परिक्षाहरुमा पनि इन्जिनियरीङ्ग ,एमविविएस लगायतमा उत्कृष्ट नतिजा ल्याउदै आएका छन ।

Comments

सम्बन्धित खवर