•  ३ आश्विन २०८१, बिहीबार
  •  3:37:35 AM

रास्वपाको बैठक : मुकुल ढकाललाई हटाउने तयारी सहित यि १० एजेण्डामा छलफल हुने

- भाद्र ५, २०८१ मा प्रकाशित



काठमाडाैं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज (बुधबार) बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहान ८ बजेपछि बस्ने गरी बोलाइएको छ ।

केन्द्रीय समिति बैठकका लागि रास्वपाले १० बुँदे एजेण्डा तय गरेको छ । बैठकले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेतबाटै बर्खास्त गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । बैठकका लागि तय भएको एजेण्डाको नवौं नम्बरमा ‘केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदनबारे’ लेखिएको छ ।

बैठकमा सासामयिक राजनीति तथा पार्टी गतिविधिबारे पनि छलफल गर्ने तयारी छ । रष्ट्रिय भेला तथा कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापतिसमेतको कार्यक्रम गर्ने एजेण्डा पनि तय गरिएको छ । रास्वपा नेता मनिष झाका अनुसार बैठकमा कर्णाली विशेष अभियान र सबै प्रदेशमा पार्टी सभापतिको समेत उपस्थितिमा हुने कार्यक्रमबारे छलफल हुनेछ । बैठकबाट संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधनको तयारी गरिएको छ । केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि, स्थानीय तह उपनिर्वाचन, संविधान दिवसको कार्यक्रमसहितका विषयमा छलफल हुने झाले बताए ।

यस्ता छन् १० एजेण्डा 

१. समसामयिक राजनीति र पार्टी गतिविधि ।
२. राष्ट्रिय भेला ।
३. कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।
४. संगठन निर्माणसम्बन्धी कार्यविधि संशोधन ।
५. केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धिबारे छलफल ।
६. स्थानीय तह उपनिर्वाचन बारे ।
७. संविधान दिवसको कार्यक्रम बारे ।
८. भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल ।
९. केन्द्रीय अनुशासन आयोगको सिफारिससहितको प्रतिवेदन बारे ।
१०. विविध

Comments

सम्बन्धित खवर