•  २५ कार्तिक २०८१, आईतवार
  •  9:04:25 AM

इटहरीमा १६ प्रकारका उद्यमीद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शन सँगै बिक्री वितरण सुरु 

- भाद्र १, २०८१ मा प्रकाशित



इटहरी । हाम्रो उत्पादन हाम्रै बजारमा भन्ने मूल नाराका साथ इटहरी उपमहानगरको २० वटै वडाका उद्यमीहरूले उत्पादन गरेको सामग्रीहरूको प्रदर्शन तथा बिक्री वितरण सुरु भएको छ ।

उपमहानगरको कार्यालय अगाडीकाे खाली ठाउँलाई सदुपयोग गर्दै नागबेली पालिका बजारले सो सामग्रीहरूको प्रदर्शन तथा बिक्री वितरण सुरु गरेको हो ।

मानव जीवनमा दैनिक आवश्यक सामग्रीहरू प्रदर्शनमा राखिएको र आजबाटै औपचारिक रूपमा बिक्री वितरण पनि सुरु गरिएको कार्यक्रम संयोजक विजया प्याकुरेलले बताइन ।

हिन्दु नेपालीहरूको महान् पर्वहरूलाई लक्षित गरी सुपथ मूल्यमा पाइने गरी सो सामग्रीहरूको प्रदर्शनीद्वारा  बिक्री वितरण सुरु गरिएको र यदि स्थानीय उत्पादित सामाग्री भए बिक्रि वितरणका लागि आब्हान समेत गरिएको प्याकुरेलले बताइन ।

इटहरीमा नयाँ कामकाे थालनी संगै महिलाहरूलाइ उत्पादन संग जाेडेर उद्यमी बनाउन प्रेरित गराउने काम प्रति प्रसंसा गर्दै डेभलपमेन्ट कन्सलटेन्सी एन्ड रिसर्च सेन्टरकि प्रवन्धक सुभद्रा प्याकुरेलले सुभकामना मन्तब्य राखेकि थिइन । त्यस्तै काेशी प्रदेशकि सांसद मिनाकुमारी श्रेष्ठले उद्यमीहरूले उत्पादन गरेकाे सामग्रीहरूकाे अवलाेकन संगै  चाडपर्व लक्षित यस्ता कार्यक्रमहरू प्रभावकारी हुने भन्दै सुभकामना दिएकि थिइन ।

उत्पादन भएका सामग्रीहरूले बजार पाउन मुस्किल भइरहेकाे बेला डेभलपमेन्ट कन्सलटेन्सी एन्ड रिसर्च सेन्टरकाे सहकार्यमा एकै ठाउबाट प्रदर्शनी र बिक्री बितरण गर्न पाउदा उद्यमीहरू पनि खुशी देखिएका छन ।

कार्यक्रममा इटहरी उपमहानगर प्रमुख हेमकर्ण पाैडेल ,माननीय मिना श्रेष्ठ, वडा नं  २ ,५ ,६ र १३ का वडाध्यक्ष ,जनप्रतिनिधि , इटहरी नागरिक समाजकी अध्यक्ष बालिका खडका भट्टराइ , पत्रकार लगायतले साे बजारकाे अवलाेकन संगै अग्रिम सुभकामना दिएका थिए ।

 

 

Comments

सम्बन्धित खवर