बंगलादेशी प्रहरी नै उत्रिए अनिश्चितकालीन हड्तालमा
- श्रावण २२, २०८१ मा प्रकाशित
काठमाडौं । देशको अवस्था अशान्त र असुरक्षित बनिरहेका बेला बंगलादेशका प्रहरीहरु नै अनिश्चितकालीन हड्तालमा उत्रिएका छन् । शेख हसिना राजीनामा दिंदै देश छोडेर भारत हिंडेको भोलिपल्ट आज (मंगलबार) बाट प्रहरीहरु हड्तालमा उत्रिएका हुन् । आफ्नो जिउधनको असुरक्षा भएको भन्दै प्रहरीहरुले हड्ताल शुरु गरेको बंगलादेशको अखबार ढाका ट्रिब्युनले उल्लेख गरेको छ ।
बंगलादेशको प्रहरीहरुको तल्ला कर्मचारीहरुको संगठनले यस्तो हड्ताल घोषणा गरेको अबबारले उल्लेख गरेको छ । देशभरका ४५० प्रहरी पोस्ट जलाइएको, धेरै स्थानमा एम्बुस राखेर ज्यान लिइएको तथा प्रहरीलाई शेख हसिनाले देश छोडेपछि पहिलो प्रहार हुन थालेको भन्दै प्रहरी कर्मचारीहरुको संगठनले गुनासो गरेको छ ।
प्रहरीले दमन गरेको नभएर सरकारले दिएको आदेश पालना मात्रै गरेको संगठनले बताएको छ । ढाका ट्रिब्युनसँग बोलेका एक प्रहरीले भनेका छन्, ‘केही प्रहरी अधिकृतहरुले जनतामाथि घात गरेका छन्, यो सत्य हो । यो संगठनका सबै सदस्यहरुमा लागू हुँदैन ।’
सम्बन्धित खवर
-
ताजा आश्विन ३, २०८१संविधान दिवसको भाषणमा पनि बालेनविरुद्ध ओली कटाक्ष: ‘…आगो लगाउँछु भन्नेहरूबाट बचाउनुहोला’
-
ताजा आश्विन ३, २०८१वरिष्ठ साहित्यकार गिरिराज शर्माको अन्त्येष्टि
-
ताजा आश्विन ३, २०८१नौं वर्षपछि खुलेको धरहरा चढ्न सर्वसाधारणको भिड
-
ताजा आश्विन ३, २०८१राउटे समुदायका एक युवकको मृत्यु, जनसंख्या १३४ मा झर्यो
-
ताजा आश्विन ३, २०८१सुनको मूल्यमा लगातार गिरावट, आज थप घट्यो , चाँदी पनि सस्तियो
Comments