महाेत्तरीमा पटक–पटक विद्युत अवरुद्ध भएपछि राजमार्गमा चक्काजाम
- श्रावण १९, २०८१ मा प्रकाशित
महोत्तरी । महोत्तरीमा विद्युत प्राधिकरणले पटक–पटक लाइन काटेपछि व्यापारीहरु आन्दोलित भएका छन । पटक–पटक लाईन काट्ने र लाईन दिएता पनि कम भोल्टेज दिँदा व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै शुक्रबार उनीहरुले पूर्व–पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन ।
स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिद्युत प्राधिकरणले नियतवस लाईन अवरुद्ध बनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले बताए । शनिबार व्यापारीहरुले यो विषयमा उद्योग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन् । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा र समस्या समाधान नभएसम्म चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानीय व्यवसायी विनोद भण्डारीले वताए ।
व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको बताउँदै उद्योग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यस्को सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्धता जनाएका छन् । यता विद्युत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विद्युत अवरुद्ध भएको बताए । ‘हामीले लाईन काटेका हैंनौ । ढल्केवर प्रशारण लाईनबाट पूर्णरुपमा बिस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौ’ प्रमुख झाले भने, ‘हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोप्रति गम्भीर छौं ।’ विद्युत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उनले प्रष्ट बताए ।
सम्बन्धित खवर
-
ताजा भाद्र २६, २०८१७० लाख खर्चेर मेक्सिको हुँदै अमेरिका छिरेका भरत उतै अस्ताए
-
ताजा भाद्र २६, २०८१आज सुवासचन्द्र नेम्वाङको स्मृतिसभा, प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने
-
ताजा भाद्र २६, २०८१निषेधाज्ञा र प्रहरी हस्तक्षेपका बाबजुद केदार कार्कीको अनसन जारी
-
ताजा भाद्र २६, २०८१बैतडीमा जीप दुर्घटना : १८ वर्षीया युवतीको मृत्यु, चार जना घाइते
-
ताजा भाद्र २६, २०८१सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?
Comments