देशभर मनसुनी वायुको प्रभाव, काेशी सहित चार प्रदेशमा भारी वर्षा
- श्रावण १९, २०८१ मा प्रकाशित
इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज (शनिबार) बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पछिल्लो ६ घण्टामा दाङ, बर्दिया, जाजरकोट, सप्तरीलगायतका जिल्लामा ठूलो पानी परेको छ । बाढी पूर्वानुमान महाशाखाले दाङको पदमपुर आसपासमा साना नदीहरुमा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन भनेको छ ।
सम्बन्धित खवर
-
ताजा भाद्र २६, २०८१७० लाख खर्चेर मेक्सिको हुँदै अमेरिका छिरेका भरत उतै अस्ताए
-
ताजा भाद्र २६, २०८१आज सुवासचन्द्र नेम्वाङको स्मृतिसभा, प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने
-
ताजा भाद्र २६, २०८१निषेधाज्ञा र प्रहरी हस्तक्षेपका बाबजुद केदार कार्कीको अनसन जारी
-
ताजा भाद्र २६, २०८१बैतडीमा जीप दुर्घटना : १८ वर्षीया युवतीको मृत्यु, चार जना घाइते
-
ताजा भाद्र २६, २०८१सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको कति पुग्यो ?
Comments