•  २३ भाद्र २०८१, आईतवार
  •  6:38:10 AM

प्रधानमन्त्री ओलीको आज शपथ

- असार ३१, २०८१ मा प्रकाशित



काठमाडौं ।  नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । आइतबार प्रधानमन्त्री नियुक्त ओलीले आज शपथ लिन लागेका हुन् ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई आज बिहान ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने कार्यक्रम छ । पौडेलले बिहान ११ बजे शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

पौडेलले आइतबार संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ । ओलीको यो चौथो कार्यकाल हो । यसअघि २०७२, २०७४ र २०७८ मा गरी ओली तीन पटक प्रधानमन्त्री भएका थिए ।  असार १७ गते राति कांग्रेस र एमालेले सत्ता सहकार्य गर्ने सहमति गरेका थिए ।

Comments

सम्बन्धित खवर