मूल्यवृद्धिको विरोधमा रास्वपाले गर्यो प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार
- आश्विन १४, २०८० मा प्रकाशित
काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (आइतबार) का लागि बोलाएको सात दलको बैठक राष्ट्रिय स्वतन्त्र पार्टीले बहिष्कार गरेको छ। चाडपर्वको मुखमा उपभोक्ताहरूको ढाड सेक्नेगरी मूल्यवृद्धि गरेको विरोधमा रास्वपाले बैठक बहिष्कार गरेको हो।
‘चाडपर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मार पर्नेगरी सरकारले गरेको मूल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ’, रास्वपा सभापति रवि लामिछानेले भनेका छन्, ‘यसको विरोधस्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनु भएको अन्य विषयको बैठक हामीले बहिष्कार गरेका छौँ। थप कार्यक्रमबारे जानकारी दिनेछौँ।’
शनिबार राति १२ बजेदेखि लागू हुनेगरी खाना पकाउने ग्यास तथा पेट्रोलमा भारी मूल्यवृद्धि गरिएको छ।साता लामो चीन भ्रमण सकेर शनिबार मात्र स्वदेश आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजैका लागि सात दलको बैठक बोलाएका छन्।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments