प्रधानमन्त्री प्रचण्ड छोङ्छिङबाट ल्हासा प्रस्थान
- आश्विन १०, २०८० मा प्रकाशित
छोङ्छिङ । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधवार) छोङ्छिङ्बाट ल्हासा प्रस्थान गर्नु भएको छ ।
सिचुवन एयरलाइन्स मार्फत ल्हासा जानु भएका प्रधानमन्त्री प्रचण्ड ल्हासाको गोङ्गार विमानस्थलमा अवतरण गर्नुहुने कार्यक्रम छ । कार्यक्रमको सुची अनुसार आज साँझ उहाँले चिनियाँ कम्युनिस्ट पार्टी सिचाङ (तिब्बत) स्वायत्त क्षेत्रीय समितिका सचिव वाङ चङ्छङ्ले भेटवार्ता गर्नुहुनेछ ।
सचिव वाङले प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नुहुने कार्यक्रम छ । चीनसँगको सीमा जोडिएका नेपालका उत्तरी क्षेत्रका दुर्गम ग्रामीण क्षेत्रमा तिब्बतबाट विध्युत वितरण गर्ने समझदारी बनेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड ल्हासा जान लाग्नु भएको हो ।
तिब्बतमा रहँदा प्रधानमन्त्री प्रचण्डले कैलाश मानसरोवर (ताल) एवं कैलाश पर्वतको भ्रमण समेत गर्ने कार्यक्रम छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments