केशव स्थापित सहित ६ जना केन्द्रिय सदस्यलाई एमालेले हटायाे
- भाद्र २, २०८० मा प्रकाशित
काठमाडाैं । नेकपा एमालेले ६ जना केन्द्रीय सदस्यलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ। एमालेले केन्द्रीय सदस्यद्वय केशव स्थापित र प्रमोदनारायण यादवलाई केन्द्रीय कमिटीबाट हटाएको हो।
उनीहरूले नै पार्टी केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेकाले केन्द्रीय कमिटीको सदस्यबाट बिदा दिइएको एमालेले शुक्रबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा उल्लेख गरिएको छ।
यस्तै स्वास्थ्य लगायतका कारण अन्य चार केन्द्रीय सदस्यलाई पनि केन्द्रीय कमिटीबाट बिदा गरिएको एमालेले जनाएको छ। एमालेको अपानिअनुसार केन्द्रीय सदस्यहरू अजय क्रान्ति शाक्य (काठमाडौं), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई केन्द्रीय सदस्यबाट हटाइएको हो।
यस्तै लामो समयदेखि पार्टीको काममा संलग्न नदेखिएका अन्य केही केन्द्रीय सदस्यको हकमा अवस्था र कारण बुझेर आगामी बैठकमा आवश्यक निर्णय लिने एमालेको अपानिमा उल्लेख गरिएको छ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments