•  ८ मंसिर २०८१, शनिबार
  •  1:16:04 AM

बेलायतमा सात नवजात शिशुको हत्या अभियोगमा नर्स दोषी ठहर

- भाद्र २, २०८० मा प्रकाशित



काठमाडौं । बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहरिएकी छन् । गएको अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया लुसी लेट्बीमाथि बिरामी वा समय नपुगी जन्मिएका शिशुलाई अनावश्यक ग्यास र इन्सुलिन दिएको आरोप लगाइएको थियो ।

म्यानचेस्टर क्राउन कोर्टको जुरीले २२ दिनसम्म चलेको सुनुवाइ र छलफलपछि आरोपलाई पुष्टिसहित फैसला सुनाएको समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१५ को जुनदेखि सन् २०१६ को जुनसम्म काउन्टेस अफ चेस्टर अस्पतालमा नवजात शिशुको ज्यान गएपछि लेट्बीलाई पक्राउ गरिएको थियो ।

अदालतको सुनुवाइका क्रममा उनका सहकर्मीले हरेक बच्चाहरू बिरामी परेको वा उनीहरूको ज्यान गएको समयमा लेट्बी सिफ्टमा रहेको देखेपछि चिन्ता व्यक्त गरेको बताएका थिए । नर्स लेट्बीलाई पक्राउ गरी दुई पटक रिहा गरिएको थियो । सन् २०२० मा उनी तेस्रो पटक पक्राउ परेकी थिइन् । एजेन्सी

Comments

सम्बन्धित खवर