•  ८ मंसिर २०८१, शनिबार
  •  1:33:16 AM

भारत र पाकिस्तानमा भूकम्पको धक्का

- श्रावण २१, २०८० मा प्रकाशित



काठमाडौँ । शनिबार राति दिल्ली–एनसीआरलगायत भारतका धेरै राज्यमा भूकम्पको धक्का महसुस गरिएको छ । भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्रमा थियो ।

भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८१ किलोमिटर तल रहेको बताइएको छ । भारतको जम्मु कश्मीर, पञ्जाब र हिमाचलमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचारमा जनाइएको छ । पाकिस्तानका धेरै सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । एजेन्सी

Comments

सम्बन्धित खवर