सिन्धुलीमा कार दुर्घटना हुँदा दुईको मृत्यु, एक जना घाइते
- बैशाख १७, २०८० मा प्रकाशित
सिन्धुली । बीपी राजमार्गको कमलामाई नगरपालिका–२ को पिपलभञ्ज्याङ घुम्तीमा आज (आइतबार) बिहान भएको कार दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।
काठमाडौंबाट सिन्धुली आउँदै गरेको बा ८ च ९१३५ नम्बरको कार सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा काभ्रे पनौती–७ का ४२ वर्षीय शिवशरण भुक्षिमय र सिन्धुलीको मरिण गाउँपालिका– ३ ठेगाना भई हाल काठमाडौं गौरीघाटकी ३८ वर्षीय सहारा प्रसाईंको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए ।
कारमा तीन जना सवार थिए । दुर्घटना परी घाइते प्यूठानका योगेन्द्र थापाको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्को सवारीलाई साइड दिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
सम्बन्धित खवर
-
ताजा मंसिर ९, २०८१How To Play Roulette Step-by-step Guide To Roulette Rule
-
ताजा मंसिर ९, २०८१How To Win At Slots: Top Tips To Boost Your Chance
-
ताजा मंसिर ९, २०८१“Casino Wikipedi
-
ताजा मंसिर ९, २०८१3 Casinos Inside Singapore Entry Fee, Rules 202
-
ताजा मंसिर ८, २०८१नेपाल–भारतका पत्रकारको सुझाव: प्रविधिको सदुपयोग गर्दै पत्रकार आचारसंहितालाई बलियो बनाउनु पर्ने
Comments