इटहरीमा ४० लाखकाे लगानी सहित सेलुन एकेडेमी मेकअप स्टुडियो सञ्चालन : निलडेविटले गरे उदघाटन
- श्रावण २०, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरीमा शुक्रबारबाट सेलुन एकेडेमी मेकअप स्टुडियो सञ्चालनमा आएको छ । ४० लाखको लगानी सहित सो मेकअप स्टुडीयो सञ्चालनमा आएको हो । उक्त स्टुडीयोको शुक्रबार चर्चित हेयर स्टाइलिस्ट निल डेविड कट्वालले विधिवत समुदघाटन गरे संगै औपचारिक रूपमा सञ्चालन भएको हो ।
२ वर्ष अस्ट्रेलियामा मेकअप स्टुडियो सम्बन्धी कोर्ष अध्यन गरी नेपाल आएकी जेनिसा पराजुलीले बिदेशि भुमिमा सिकेको शिपलाइ आफ्नै कर्मस्थानमा सदुपयोग गर्दै स्टुडियो सञ्चालनमा ल्याएको बताइन । सेलुन एकेडेमी मेकअप स्टुडियोमा महिला र पुरुष दुबै लाई सेवा प्रवाह गर्ने समेत उनले जानकारी दिईन ।
सञ्चालनको सुरूवाती समयमा ६ जना युवा युवतीहरूलाइ रोजगारी समेत प्रदान गरेको बताउदै पराजुलीले इटहरीमा केहि फरक गरौ भन्ने सोच सहित यो स्टुडियो सञ्चालन गरेको बताइन । उक्त स्टुडीयोको उदघाटन समारोहका प्रमुख अतिथी रहेका निल डेविटले प्रदेश एकको केन्द्र मानिएको इटहरीमा यस्तो प्रकारको शैलुन र मेकअप स्टुडीयो सञ्चालन भएको प्रति खुशि ब्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा बिशिस्ट अतिथी इटहरी उपमहानगर ६का वडाध्यक्ष दिवश पोख्रेलले स्टुडियो संचालनमा आएसंगै थोरै भएपनि युवा युवतीले रोजगारी पाउनेमा बिस्वश्त रहेको ब्यक्त गरे ।
सम्बन्धित खवर
-
ताजा मंसिर ८, २०८१इटहरीमा धुमधामले मनाइयाे पतञ्जली योग समिति नेपालको १४ औं स्थापना दिवस
-
ताजा मंसिर ८, २०८१सुकुटी बेचेर मासिक दुई लाख कमाउदै लक्ष्मीमार्गका प्रेम श्रेष्ठ
-
ताजा मंसिर ८, २०८१बालिकालाई बन्धक बनाएर यौनकार्यमा लगाएको आरोपमा तीन महिला पक्राउ
-
ताजा मंसिर ८, २०८१रङ्गीविरङ्गी छाताले सिँगारियो झापाकाे धार्मिक पर्यटकीयस्थल दोमुखा
-
ताजा मंसिर ८, २०८१याे वर्ष अलैंचीको मूल्य उच्च विन्दुमा, किसानहरू उत्साहित
Comments