
विराटनगरमा प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेला : ‘स्काउटलाई राजनीतिबाट टाढा राख्नु पर्छ’ – मुख्यमन्त्री कार्की
- माघ २६, २०८१ मा प्रकाशित

इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्काउटले असल र राष्ट्रसेवामा समर्पित नागरिक निर्माणमा योगदान गरिरहेको बताएका छन् । कोशी प्रदेशस्तरीय चौथो नेपाल स्काउट भेलाको आज विराटनगरमा उद्घाटन गर्दै उनले समाजमा अनुशासन कायम गरी सेवाभाव जगाउने कार्यमा स्काउटले भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे ।
मुख्यमन्त्री कार्कीले मुलुकमा आउने विपद् एवं महामारीका समयमा स्काउटका स्वयंसेवकले गरेका सेवा महत्वपूर्ण रहेको स्मरण गर्दै समाज र राष्ट्रलाई सही बाटोमा लैजाने असल नागरिक उत्पादनका लागि प्रदेशका सम्पूर्ण वडा तथा सबै विद्यालयमा स्काउटको विस्तार गर्नुपर्नेमा जोड दिए । उनले स्काउटलाई राजनीतिबाट टाढा राखी विशुद्ध सामाजिक कार्यमा लाग्नुपर्ने सुझाव समेत दिए ।
प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले असल समाज निर्माण गरी आर्थिक र बौद्धिक विकासमा स्काउटको ध्यान केन्द्रित हनुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ तथा नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रन्जितले विकास एवं अनुशासनमा स्काउटको महत्वमाथि चर्चा गरेकी थिइन् ।
तीन दिने भेलामा प्रदेशका ६७ पालिका तथा विभिन्न विद्यालयका पाँच हजार विद्यार्थीहरूको सहभागिता रहेको छ । भेलाले बाढीपहिरो एवं विपद्का समयमा उद्धार, अनुसाशानलगायत स्काउटसम्बन्धी विभिन्न क्रियाकलापको आयोजना हुने जनाइएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments