
बेलबारी कार्यपालिका सदस्य तोलाङ्गीलाई बलात्कार आरोप
- श्रावण २२, २०७९ मा प्रकाशित
इटहरी । मोरङको बेलबारी नगरपालिकाको कार्यपालिका सदस्य विजय तुलाङ्गीमाथी एक जना किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । मोरङको उर्लाबारी घर भएकी २४ वर्षीय किशोरीलाई तुलाङ्गीले जबरजस्ती करणी गरेका आरोप लागेको हो ।
तुलाङ्गीले मोरङको जेफालेमा लगेर ती किशोरीलाई साउन १८ गते बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलबारीमा शनिवार ‘जबरजस्ती करणी मुद्दा’ मा उजुरीमा दिएका हुन् ।
ती किशोरीले दिएको उजुरी प्रहरीले दर्ता गरेर अनुसन्धान सुरु गरेको छ । प्रहरीमा उजुरी आएपछि अहिले अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । ‘
अहिले उजुरी आएको छ,’ एसपी कोइरालाले भने, ‘घटनाको विषयमा हामीले अनुसन्धान सुरु गरेका छौँ ।’ प्रहरीले ती किशोरीको मेडिकल पनि गराइसकेको छ । इप्रका बेलबारीमा उजुरी दर्ता भएपछि कार्यपालिका सदस्य तुलाङ्गी फोन अफ गरी फरार भएका छन् । उनी नेपाली काँग्रेसबाट निर्वाचित कार्यपालिका सदस्य हुन् ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments