
प्रेमीसंग बिवाह गर्न ६ महिने सिशुकाे हत्या : श्रीमानले उजुरी गरेपछि खुल्याे रहस्य
- श्रावण २३, २०७९ मा प्रकाशित
प्रेमीसँग मिलेर आफ्नै नाबालिग छोरीको हत्या गरेको आरोपमा महिला र उनका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ । ६ महिने नाबालिका छोरीलाई अस्थायी शौचालयको खाल्टोमा फालेर हत्या गरेको आरोपमा २२ वर्षीया लक्ष्मी राना र उनका प्रेमी केदार कुमाललाई प्रहरीले पक्राउ गरेको हो।
स्याङ्जा गल्याङ्की राना यही साउन १० गतेदेखि ६ महिने छोरीसहित सम्पर्कबिहीन थिइन्। उनले पाल्पाका २२ वर्षीय केदार कुमालसँग भागी विवाह गरेपछि उनका पति मिनबहादुर राना र ससुरालगायतले प्रहरीमा निवेदन दिएका थिए। सोही निवेदनको आधारमा खोजतलास गरिएको थियो।
उनीहरू दुवैलाई गल्याङ् बजारबाट प्रहरीले नियन्त्रणमा लिई सोधपुछ एवं अनुसन्धान गर्दा लक्ष्मीले पाल्पा रामपुरका कुमालसँग भागी विवाह गरेको थाहा पाएपछि परिवारले ६ महिने छोरीको खोजी गर्ने क्रममा सो कुरा बाहिर आएको हो।अनुसन्धानका क्रममा साउन १० गतेका राती नै अस्थायी शौचालयको खाल्टोमा फालेको पुष्टि भएको थियो।
सोही स्थानमा खोजतलास गर्दा सडेगलेको अवास्थामा बच्चाको लास फेला परेको र उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। दुवैलाई प्रहरीले ज्यानसम्बन्धी कसुरमा म्याद थप गरेर थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments