
पथरीशनिश्चरेमा बिवाहकाे प्रलाेभन देखाएर १४ वर्षिया बालिकामाथी बलात्कार
- श्रावण २६, २०७९ मा प्रकाशित
इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन्। निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ।
बेलबारी नगरपालिकास्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई नेपालीले बलात्कार गरेको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताउनुभयो ।गएको सोमबार साँझ ५ बजे बालिका बलात्कृत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । बेलबारीस्थित दिदीको घर आएको बेलामा बालिका र नेपाली विच परिचय भएको प्रहरीले जनाएको छ ।
‘चिनजानपछि नजिकिएका नेपालीले निगुरो टिप्न जाउँ भन्दै फकाएर एकान्त जंगलमा पुर्याएपछि जवरजस्ती करणी गरेको खुलेको बताईएको छ । बलात्कारको अभियोगमा नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ । उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
डिएसपी श्रेष्ठका अनुसार पारिवारिक आर्थिक अवस्था कमजोर भएकी बालिकाले प्रतिकार गर्ने क्रममा उनको घाँटी, अनुहार र शरीर लगायतमा चोटपटक लागेको छ । अभियुक्त नेपालीले “बिहे गर्छु ‘ भन्दै बलात्कार गरेपछि बालिकालाई आफ्नो घर पनि लिएर गएको तर परिवारका सदस्यले अस्वीकार गर्दै विभिन्न धाकधम्की दिएर लखेटेपछि पीडित बालिका कानेपोखरी स्थित प्रहरीसमक्ष पुगेकी थिइन् ।
कानेपोखरी प्रहरी कार्यालयमा आए पछि बालिकाले आफु असुरक्षित महसुस भएको भनी बताएकी थिइन्। सोहि क्रममा प्रहरीले बलात्कारको घटना भएको पत्ता लगाएको थियो । पीडित बालिकाको उपचार र स्वास्थ्य परीक्षण विराटनगरको कोशी अस्पतालमा गरिएको थियो ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments