
दशैकाे लागि राखेकाे खशी खाेरबाटै गायब : ९३ वटा हराइसकेपछि बल्ल समातिए चाेरीमा संलग्न ४ जना
- श्रावण २९, २०७९ मा प्रकाशित
इटहरी । सुनसरीको इटहरी र मोरङको सुन्दरहरैचा आसपासका क्षेत्रबाट खशिबोका हराउन थालेपछि स्थानीयहरू रातभरी जाग्राम बस्न बाध्य बनेका छन । पछिल्लो डेढ महिना यता सुन्दरहरैचाबाट ९३ वटा खशि बोका हराएको स्थानियहरूले बताएका छन ।
अत्याधिक मात्रामा चौपाया चोरी हुन थालेपछि सुन्दरहरैचामा स्थानियहरू आफै सकृिय भएर रातभरी गस्ती गर्न थालेका हुन । गस्तिकै क्रममा एक म्याजिक भेन सहित ५ वटा चौपाया सहित चोरीमा संलग्न ४ जनालाइ गाउलेहरूले आइतबार बिहान साढे १ बजे नियन्त्रणमा लिएका छन ।

आइतबार मध्यरात १२ बजे गाडीको आवाज सुनिएपछि गाउलेहरू भेला भइ रूङेर बस्दा को १ ज २८३९ नंको म्याजिकमा खशिबोका देखेका थिए । म्याजिक रोक्न आग्रह गर्दा नमानेपछि शंकालागि पिछा गर्दै नियन्त्रणमा लिएपछि चोरिमा संलग्नहरूको पर्दाफास भएको थियो ।
सुन्दरहरैंचा र इटहरीबाट चोरी भएका खशिबोकाहरू सप्तरीका बजार सम्म लगेर बिक्री बितरण गर्ने गरेको चोरीमा संलग्न मध्ये एकले बताएका छन । करिब डेढ महिनापछि नियन्त्रणमा लिन सफल चार जना चोरीमा संलग्नहरूलाइ गाउलेहरूले प्रहरी चौकी गछियाको जिम्मा लगाएका थिए । तर आक्रोशित गाउलेहरूको भिडले उनिहरूको ज्यान तलमाथि पर्न सक्ने भन्दै चोरीमा संलग्न चारैजनालाइ इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएका छन ।

सुन्दरहरैंचा र इटहरीबाट चोरी भएका खशिबोकाहरू सप्तरीका बजार सम्म लगेर बिक्री बितरण गर्ने गरेको चोरीमा संलग्न मध्ये एकले बताएका छन । करिब डेढ महिनापछि नियन्त्रणमा लिन सफल चार जना चोरीमा संलग्नहरूलाइ गाउलेहरूले प्रहरी चौकी गछियाको जिम्मा लगाएका थिए । तर आक्रोशित गाउलेहरूको भिडले उनिहरूको ज्यान तलमाथि पर्न सक्ने भन्दै चोरीमा संलग्न चारैजनालाइ इलाका प्रहरी कार्यालय इटहरीको जिम्मा लगाएका छन ।

यता इटहरीमा भने फाट्ट फुट्ट खशि बोका चोरि भएका गुनासोहरू आएपनि अहिले सम्म एउटा पनि उजुरी नपरेको इटहरी प्रहरीले बताएको छ । तर गछिया प्रहरी चौकीमा भने दैनिक जसो ४ वटा देखी १० वटा सम्म खशि बोका तथा चौपाया हराएको मौखिक उजुरी आउने गरेको प्रहरी बताउछ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments