
झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
- भाद्र ५, २०७९ मा प्रकाशित
इटहरी । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा कारले ठक्कर दिँदा शनिबार राति एक जना पुरुषको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा ९ च ९६७३ नम्बरको कारले राति ८ः ४५ बजेतिर ठक्कर दिँदा पैदलयात्री पुरुषको मृत्यु भएको हो । आन्दाजी ४०/४२ वर्षीय मृतकको पहिचान खुलेको छैन ।
कारको ठक्करबाट गम्भीर घाइते भएका पुरुषलाई उपचारका लागि दमक अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । घाइतेलाई ठक्कर दिने कारमै राखेर उपचारका लागि लगिएको थियो ।
कार चालक मोरङ बेलबारी नगरपालिका–११ का ३९ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । पैदलयात्री अचानक सडकमा निस्कँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा बैशाख २९, २०८२रामधुनीमा राम सिता सहितकाे निम कोरोलि बाबा मन्दिर तथा धर्मशाला निर्माण सुरू
-
ताजा बैशाख २९, २०८२आज वैशाख शुक्ल पूर्णिमा : चण्डी पूर्णिमा, उँभौली पर्व मनाईँदै
-
ताजा बैशाख २९, २०८२बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन लुम्बिनी पुगे प्रधानमन्त्री
-
ताजा बैशाख २९, २०८२झापाका रैथाने जङ्गली हात्तीको पहिचान र नामकरण
-
ताजा बैशाख २६, २०८२प्रहरीले मिश्र र प्रसाईलाई ‘आपराधिक उपद्रव’ को अर्को अभियोग पनि थप्यो
Comments